ठुलो दुर्घटनाबाट जोगियो यात्रुवाहक बस

नेपालभ्युज

ठुलो दुर्घटनाबाट जोगियो यात्रुवाहक बस

धनगढी । दशैँ मान्न लागेको यात्रु बोकेर धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ। धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज बिहान भीरमा अड्किएर जोगिएको हो।

बझाङको जय पृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै बसको पट्टा भाँचिएर स्लिप खाएर भीरमा अड्केको प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्र गिरीले बताए। मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved