१९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ सम्मानित

नेपालभ्युज

१९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ सम्मानित

काठमाडौं। नेपाल एकायन कारते संघले १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी करातेकी एरिका गुरुङलाई नगदसहित सम्मान गरेको छ ।

बिहीबार संघले  खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा एक कार्यक्रमकाबीच  एरिकालाई नगद २० हजारसहित सम्मान गरेको हो । एसियाली खेलकुदको करातेमा नेपालका लागि एरिकाले जितेको रजत पहिलो हो ।

सो अवसरमा एसियाली खेलकुदका प्रशिक्षक कुशल श्रेष्ठ, छोरी डंगोल र वीरकृष्ण महर्जन तथा व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

उनीहरुलाई संघीय सांसद विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका सांसद् बसन्त मानन्धर र नेपाल एकायन कारते संघका अध्यक्ष श्रीकृष्ण डंगोलले सम्मान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved