२३ दशमलव १६ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्याे

नेपालभ्युज

२३ दशमलव १६ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्याे

काठमाडौँ । कारोबारको दोस्रो दिन नेप्से परिसूचक २३ दशमलव १६ अंकले घटेको छ । सोमबार घटेको नेप्से परिसूचक १८५१ दशमलव ४३ विन्दुमा पुगेको छ ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन १ अर्ब ७० करोडको शेयर कारोबार भएको बजारमा यस दिन ६९ हजार ८३२ पटकको कारोबारमा १ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको ४८ लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, आज कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । ३ दशमलव ३८ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३५५ दशमलव ७४ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved