इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

उनले गाजा भित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम भएको बताएका छन ।  बाइडेनले इजरायलले हमासविरुद्ध कारबाही गर्दा युद्धका अन्तर्राष्ट्रिय नियमको पालना गर्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

नेपालभ्युज

इजरायलले गाजा कब्जा गर्नु ठूलो गल्ती हुनेछ : अमेरिकी राष्ट्रपति बाइडेन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजामाथि कब्जा गर्नु ठूलो गल्ती हुने बताएका छन् ।

‘सीबीएसको ६० मिनेट’ सँगको अन्तर्वार्तामा बाइडेनलाई सोधिएको थियो “यस समयमा इजरायलको गाजा कब्जालाई समर्थन गर्ने ?”

जवाफमा अमेरिकी राष्ट्रपतिले भने कि यो “ठूलो गल्ती” हुनेछ।

बाइडेनले भने, ‘हमास र हमास चरमपन्थीहरूले सबै प्यालेस्टिनी जनताको प्रतिनिधित्व गर्दैनन्,  मलाई लाग्छ कि इजरायलले गाजालाई पुन: कब्जा गर्नु गल्ती हुनेछ।’

आइतबार राति प्रसारित यस अन्तर्वार्तामा उनले गाजा भित्र जानु र अतिवादीहरूलाई बाहिर निकाल्नु महत्त्वपूर्ण काम भएको बताएका छन ।  बाइडेनले इजरायलले हमासविरुद्ध कारबाही गर्दा युद्धका अन्तर्राष्ट्रिय नियमको पालना गर्छ भन्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

बाइडेनले हमासबाट आफ्नो रक्षा गर्नु इजरायलको अधिकार र कर्तव्य हो भनेर बारम्बार भनेका छन्।

एक साता अघि उनले हमासको आक्रमणलाई “सरासर दुष्ट कार्य” भनेर वर्णन गरेका थिए। गत साता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन पनि इजरायललाई आफ्नो समर्थन व्यक्त गर्न तेल अभिभ पुगेका थिए।

इजरायलले ११ लाख मानिसलाई उत्तरी गाजाबाट दक्षिणी गाजामा जान निर्देशन दिएको छ । इजरायली सेना गाजामा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ। यसलाई धेरैले अन्तर्राष्ट्रिय युद्धको नियम विपरित भएको र युद्ध अपराध भइरहेको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved