विश्वकप क्रिकेट : अफगानिस्तानले दियो इङ्ल्यान्डलाई २८५ रनको लक्ष्य

नेपालभ्युज

विश्वकप क्रिकेट : अफगानिस्तानले दियो इङ्ल्यान्डलाई २८५ रनको लक्ष्य
तस्वीर स्रोतः क्रिकइन्फो

काठमाडौं। एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इङ्ल्यान्डलाई २८५ रनको लक्ष्य दिएको छ ।

भारतको दिल्लीमा जारी खेलमा पहिलो ब्याटिङ गरेको अफगानिस्तानले ४९.५ ओभरमा २८४ रनमा अलआउट भएकोे हो ।

अफगानिस्तानको लागि रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए। ६६ बलमा इकराम अलिखिलले ३ चौका र २ छक्का प्रहार गर्दै ५८ रन जोडे।

इङ्ल्यान्डको लागि भने आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved