केदार कार्की नेतृत्वको कोशी सरकारमा एमालेबाट राम राना मन्त्री हुने निश्चित, मन्त्रालय टुंगिन बाँकी

नेपालभ्युज

केदार कार्की नेतृत्वको कोशी सरकारमा एमालेबाट राम राना मन्त्री हुने निश्चित, मन्त्रालय टुंगिन बाँकी

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्दैछन् ।

कार्की नेतृत्वको सरकारमा नेकपा एमालेबाट सांसद राम राना सहभागी हुने निश्चित भएको छ । इलामबाट निर्वाचित रानालाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन ।

एमालेका ३९ सांसदसँगै नेपाली कांग्रेसको शेखर कोइराला पक्षका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका हुन् ।

उनले आज एमाले र आफूलाई समर्थन गर्नेमध्येबाट थप एकजनालाई मन्त्री नियुक्त गर्ने जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved