भोलि र पर्सि पानी पर्ने सम्भावना, दशैँका मुख्य दिन भने घमाइलो हुने

नेपालभ्युज

भोलि र पर्सि पानी पर्ने सम्भावना, दशैँका मुख्य दिन भने घमाइलो हुने
सांकेतिक तश्वीर

काठमाडौं । मनसुन बाहिरिएपनि पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

अहिले देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि पानी पर्ने अनुमान छ । खासगरी पश्चिमी क्षेत्रमा भोलि र पर्सि लगातारजसो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । पश्चिमी क्षेत्रको तुलनामा मध्य र पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आउँदो बुधवारदेखि हट्दै जाने र दशैँका मुख्य दिनमा मौसम सफा हुने मौसमविद्को अनुमान छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved