वाणिज्य विभागको अनुगमनपछि ८ पसल कारबाहीमा, ३ लाख ५ हजार जरिवाना

नेपालभ्युज

वाणिज्य विभागको अनुगमनपछि ८ पसल कारबाहीमा, ३ लाख ५ हजार जरिवाना

काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शनिबार बजार अनुगमन गर्दा ८ वटा विभिन्न पसल कारबाहीमा परेका छन् ।

कारबाहीस्वरूप ती पसललाई ३ लाख ५ हजार रुपैयाँ बराबरको जरिवाना गरिएको छ । यस्तै, दुईवटा पसलसँग थप कागजात माग गरिएको छ भने ११ वटा पसललाई सामान्य निर्देशन दिइएको छ ।

आसन्न चाडपर्वमा खाद्य र गैर खाद्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने केही व्यवसायी फर्म, कम्पनी, व्यक्तिको कारोबार स्थल, उत्पादन स्थल र गोदाम स्थलमा निगरानी तथा अनुगमनका लागि परिचालित बजार निरीक्षण अधिकृतहरूले २१ वटा पसलमा अनुगमन सो मात्रामा कारबाहीमा परेका हुन् ।

बजार अनुगमनका क्रममा बौद्ध, कपन, पेप्सिकोला, थापा गाउँ,  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका, ललितपुरको कुपन्डोल र चाकुपाटमा रहेको पसलमा अनुगमन गरी सो जरिवाना गरिएको छ ।  उनीहरूलाई पनि बिलबिजक नराखिएको, अखाद्य वस्तु बिक्री गरेकोआरोपमा जरिवाना गरिएको हो ।

मध्यपुर ठिमी, चाकुपाट लगायतका अन्य स्थानमा बजार अनुगमनका क्रममा पसलहरूलाई सामान्य निर्देशन दिइएको छ ।

दसैँ तिहार जस्ता चाडपर्वका बेला कृत्रिम अभाव, कालोबजारी र मूल्य नियन्त्रण रोक्नका लागि सार्वजनिक बिदाका दिनमा समेत विभागले बजार अनुगमनको कामलाई तीव्रता दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved