काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण र तोडफोड गरेको आरोपमा पक्राउ परेका २ जना काराकार चलान भएका छन् भने ७ जना धरौटीमा रिहा भएका छन् ।
न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले शुक्रबार २ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने र बाँकी ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
कारागार चलान हुनेमा गत असोज ८ गते पक्राउ परेका विनय गुरुङ र असोज १२ गते पक्राउ परेका छावा भनिने सुशील कार्की रहेका छन् । यस्तै सञ्जय पीडित भनिने सुजित मुल्मी, अभिनाश गुरुङ, अरुण गुरुङ, नितेश गुरुङ, प्रदीप गुरुङ, मनिष थापा र विजय गुरुङ १/१ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।
गत असोज ८ गते मणिपाल शिक्षण अस्पतालमा लमजुङकी सुकमाया दुराको मृत्यु भएपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै डा.अनिल शाहमाथि आक्रमण गरेका थिए ।
Facebook Comment
Comment