अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ: प्रमुख सचेतक पाण्डे

नेपालभ्युज

अर्थतन्त्र गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिऔँ: प्रमुख सचेतक पाण्डे

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले अर्थतन्त्रलाई गतिशील बनाउन उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक पाण्डेले देशको आर्थिक अवस्थालाई अझ गतिशील बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका हुन् ।

उनले अर्थतन्त्र गतिशील बनाउन प्राकृतिक स्रोत, साधनहरूको सदुपयोगमा पनि ध्यान दिनुपर्ने बताए । त्यस्तै उनले संघीयताको कार्यान्वयनका लागि तिनै तहका सरकारका बिचमा समन्वय र सहकार्य आवश्यक रहेको बताए । यसको निम्ति संघीय सरकारले पहलकदमी लिनुपर्ने उनको धारणा छ ।

‘अर्थतन्त्रलाई गतिशील बनाउनको लागि हामीले उत्पादन वृद्धिमा नै जोड गर्नुपर्ने हो । हाम्रा प्राकृतिक स्रोत, साधनहरूको सदुपयोगमा नै हामीले ध्यान दिनुपर्ने हो । सरकार यतातर्फ विशेष रूपमा लागोस्’, उनले भने, ‘संघीयताको दृढ कार्यान्वयनका लागि तिन वटै सरकारका बिच समन्वय, सहकार्य आवश्यक छ । कानुन निर्माण लगायतका विषयवस्तुमा हामी सबैले आत्मसमिक्षा गर्दै अगाडी बढौँ ।’

उनले संघीयताको कार्यान्वयनमा संघीय संसद्को पनि भूमिका हुने भन्दै आवश्यक कानुन निर्माणका विषयमा आत्मसमिक्षा गर्नुपर्ने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved