वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर एक युवाको मृत्यु

नेपालभ्युज

वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर एक युवाको मृत्यु

चितवन। चितवनमा वन्यजन्तुलाई छेक्न लगाइएको विद्युतीय तारमा परेर चितवनको माडीमा एक युवकको मृत्यु भएको छ ।

बिहीबार साँझ  करिब ६:३० बजेको समयमा जिल्ला चितवन माडी नपा.९ कृष्ण नगर निवासी वर्ष २८ को विकल्प सुवेदी आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको  सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिए ।

करेन्ट लागेर अचेत अवस्थामा रहेका सुवेदीलाई आफ्नै   बुवाले देखि तत्काल उपचारको लागि बघौडा अस्पतालमा ल्याएकोमा साँझ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved