कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीको पनि दाबी पेश, एमालेको समर्थन

नेपालभ्युज

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका कार्कीको पनि दाबी पेश, एमालेको समर्थन

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका सांसद केदार कार्कीले पनि दाबी गरेका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ ।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङ्गकोमा पुगेर कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । यसअघि सत्तागठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेश गरिसकेका छन् ।

एमालेले उपसभामुखबाहेक ३९ जना सांसदको हस्ताक्षरसहित कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको हो। कार्कीलाई मुख्यमन्त्री बनाउन उनीसहित कांग्रेसका ८ जनाको हस्ताक्षर छ।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन चाहिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved