कोशी कांग्रेसको विवाद उत्कर्षमा, संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

नेपालभ्युज

कोशी कांग्रेसको विवाद उत्कर्षमा, संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको विवाद उत्कर्षमा पुगेको छ । विवादका कारण यहाँ संसदीय दलका उपनेता हिमाल कार्कीले राजीनामा दिएका छन् ।

उनले अब प्रदेशसभा सदस्यमात्रै रहने बताएका छन् ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाहेकका गठबन्धनका सांसदले आङ्बोलाई समर्थन गरेका छन् ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले भने भने नेकपा एमालेसहितको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको रुपमा अघि सार्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved