काठमाडौं। फिफा विश्वकप २०२६ एसिया क्षेत्र छनोट अन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज विहीबार लाओससँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ ।
दुवै एकै स्तरको टोली मानिन्छन्। फिफा वरियतामा लाओस १ सय ८६ औँ र नेपाल १ सय ७५ औँ स्थानमा छन्।
नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक भईसकेको छ। इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले दुई नयाँ खेलाडी समेट्दै अन्तिम टोली घोषणा गरेका छन् । जहाँ हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्टले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
दुई वटा देशले एक अर्कासँग खेल्नेछन् । जित हात पार्ने टिमले दोस्रो चरणको छनोट खेल्ने अवसर पाउनेछन्। दोस्रो चरणमा एसियाका शीर्ष वरीयताका टिम सम्मिलित समूहमा प्रतिस्पर्धा हुनेछ। जहाँ एक टिमले ६ खेल होम एन्ड अवेका आधारमा खेल्न पाउँछ।
Facebook Comment
Comment