टी–२० क्रिकेट सिरिजको तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र यूएई भिड्ने

नेपालभ्युज

टी–२० क्रिकेट सिरिजको तालिका सार्वजनिक, पहिलो खेलमा नेपाल र यूएई भिड्ने

काठमाडौं। नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक गरिएको छ।

बिहीबार सार्वजनिक भएको तालिकाअनुसार नेपालले कात्तिक १ गते हुने पहिलो खेल यूएईसँग खेल्ने भएको हो। कात्तिक २ गते हुने दोस्रो खेलमा नेपाल र हङकङ आमने सामने हुनेछन्।

तेस्रो खेलमा नेपाल र हङकङ कात्तिक ४ गते भिड्नेछन्। कात्तिक ६ गते भने नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ। यी सबै खेल मुलपानी क्रिकेट मैदानमा आयोजना हुनेछ।

प्रतियोगिताको फाइनल भने कात्तिक १० गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ। प्रतियोगितामा नेपाल, हङकङ र यूएईबीच प्रतिस्पर्धा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved