रिगललाई फेरि जेल चलानको माग गर्दै माइतीघरमा महिलावादीको प्रदर्शन

महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेपालभ्युज

रिगललाई फेरि जेल चलानको माग गर्दै माइतीघरमा महिलावादीको प्रदर्शन

काठमाडाैं । महिला अधिकारकर्मीहरूले संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका योगराज ढकाल ‘रिगल’लाई पुनः थुनामा राख्न माग गर्दै आन्दोलन गरेका छन् ।

बुधबार महिला अधिकारकर्मीहरूले आममाफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाहा दिइएको भन्दै मृतककी पत्नी भारती ‘शेर्पा’ मानन्धर माइतीघरमा अनशनरत छिन् ।

नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेको थियो ।

रिगल २०७२ असार २८ मा नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । रिगल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले सरकार र राष्ट्रपति कार्यालयको नाममा समेत कारण देखाउ आदेश जारी गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved