काठमाडौं । इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीच लगातार पाँचौ दिन पनि भिषण संघर्ष जारी छ । मृतक र घाइतेको संख्या निरन्तर बढिरहेको छ ।
इजरायलले आफ्नो तर्फ अहिलेसम्म मृत्यु हुनेको संख्या १२ सय नाघेको जनाएको छ । मृतकमध्ये अधिकांश आम नागरिक रहेको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २७ सय भन्दा धेरै घाइते भएका छन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजामा मृत्यु हुनेको संख्या ९५० रहेको जनाएको छ । गाजा क्षेत्रमा रातभरी इजरायलले हवाइ आक्रमण गरेको थियो । त्यहाँ अहिलेसम्म पाँच हजार भन्दा धेरै घाइते भएका छन् ।
इजरायली वायुसेनाले मंगलबार रातभरिमा ८ सय भन्दा बढि ठाउँमा हवाइ आक्रमण गरेको जनाएको छ । गाजापट्टीमा हमासका सेल्टरलाई निशाना बनाइएको इजरायलले दाबी गरे पनि त्यहाँबाट आएका भिडिओहरुमा आम नागरिक परेको देखिएको छ ।
इजरायलले गाजा वरपर पूर्ण रुपमा नियन्त्रण कायम गरेको दाबी पनि गरेको छ । उसले त्यसक्षेत्रमा ३ लाख सैनिक तैनाथ गरिएको जनाएको छ ।
Facebook Comment
Comment