लुम्बिनीका अर्थमन्त्री मास्के चढेको गाडी दुर्घटना, अवस्था सामान्य

नेपालभ्युज

लुम्बिनीका अर्थमन्त्री मास्के चढेको गाडी दुर्घटना, अवस्था सामान्य

बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्के चढेको गाडी दुर्घटनामा परेको छ । मन्त्री सवार  लु. १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकीय सचिव शम्भु गौतमले जानकारी दिए ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै गर्दा एक्कासि बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताएको छ।

सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved