काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसदहरुले सर्वदलीय बैठकको निचोड र सत्तारुढ गठबन्धनसँग छलफल गरेर मात्रै विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रश्ताव दर्ता गर्ने भएको छ ।
सोमबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले आजै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि विद्यालय शिक्षा विधेयकको सम्बन्धमा छलफल हुने भन्दै सो छलफलको निचोडपछि मात्रै विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।
त्यस्तै संशोधन प्रस्ताव दर्ताअघि सत्तारुढ गठबन्धनका दलहरुसँग पनि कुराकानी गर्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । विधेयक विषयगत समितिमा आएपछि त्यसबारे थप छलफल गर्ने पनि उनले बताए ।
प्रमुख सचेतक पाण्डेले बैठकले इजरायलमा निधन भएका नेपालीहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना व्यक्त गरेको पनि बताए ।
Facebook Comment
Comment