जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

नेपालभ्युज

जिल्ला अदालत काठमाडौंमा पारिवारिक इजलास सुरु

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा आजबाट पारिवारिक इजलास सुरु भएको छ ।

सोबार बिहान पारिवारिक इजलासको शुभारम्भ गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रधानन्यायाधीश बन्दै गर्दा गरेका वाचाहरु पूरा भएको भन्दै खुसी व्यक्त गरे ।

उनले पारिवारिक इजलासले महिलावादी मुद्दा, महिलावादी अंश मुद्दा, नाताका मुद्दा, घरेलु हिंसासम्बन्धी मुद्दा र बालबालिकाका हीत, सरोकार र हेरचाहसम्बन्धी जोडिएका मुद्दालाई छिटो न्याय निरुपण गर्न सहज हुने विश्वास व्यक्त गरे ।

पारिवारिक इजलासमा बस्ने न्यायाधीशहरुले पनि इजलासको उद्देश्यलाई बुझेर न्याय निरुपण गर्न उनले आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved