एउटै चिहानमा २ सय ५० जना इजरायलीको शव भेटियो, दुवैतर्फ गरी ११ सय भन्दा धेरै मारिए

शनिबार बिहान अचानक हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा दुवैतर्फ ठूलो क्षति भएको छ । हमास लडाकुले इजरायलमा एक सांगितिक समारोह स्थलमा भेला भएकालाई हत्या गरेर सामुहिक रुपमा गाडेको चिहान भेटिएको छ ।

नेपालभ्युज

एउटै चिहानमा २ सय ५० जना इजरायलीको शव भेटियो, दुवैतर्फ गरी ११ सय भन्दा धेरै मारिए

एजेन्सी । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीचको युद्ध झनै चर्किएको छ ।

शनिबार बिहान अचानक हमासले इजरायलमा आक्रमण थालेपछि भएको युद्धमा दुवैतर्फ ठूलो क्षति भएको छ । हमास लडाकुले इजरायलमा एक सांगितिक समारोह स्थलमा भेला भएकालाई हत्या गरेर सामुहिक रुपमा गाडेको चिहान भेटिएको छ । चिहानमा २ सय ५० जनाको शव भेटिएको बीबीसीले जनाएको छ ।

इजरायलमा अहिलेसम्म ७ सय जना भन्दा धेरैको मृत्यु भएको पुष्टि भएको छ । यस्तै इजरायलले गाजामा गरेको हमलामा ४ सय जना भन्दा धेरैको ज्यान गएको खबरमा उल्लेख छ ।

इजरायलले गाजामा सयौँ हमला गरेर सहर ध्वस्त बनाइदिएको छ । युद्धमा १० जना नेपालीको पनि मृत्यु भएको छ । विश्वका धेरै देशले आफ्ना नागरिकको पनि मृत्यु भएको, घाइते भएको वा हराएको बताएका छन् ।

एक जर्मन आमाले आफ्नी छोरीको बारेमा जानकारीको लागि बिन्ती गरिरहेकी छिन्, सांगितिक समारोहमा हमासका लडाकुले उनलाई अपहरण गरेका थिए। इजरायलले जवाफी हमला सुरु गरेपछि गाजाका अस्पताल बिरामी र शवले भरिएका छन् ।

यसैबीच, अमेरिकाले आफ्नो सहयोगी इजरायललाई समर्थन बढाएको छ । अमेरिकाले यस क्षेत्रमा जहाज र विमान तैनाथ गरेको छ  । यो कदमको हमासले निन्दा गरेको छ। हमासले अब अरब देशहरुले अमेरिकाविरुद्ध पनि कदम चाल्नुपर्ने उल्लेख गरेको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved