इजरायल र हमासबीच भिडन्त जारी, अहिलेसम्म ६ सयभन्दा धेरैको मृत्यु, ४ हजार घाइते

इजरायली स्वास्थ्य मन्त्रालयले आफ्नोतर्फ कम्तिमा ३०० जना मारिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कैयौंलाई अपहरण गरिएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रमा अहिलेसम्म ३१३ जना मारिएको जनाएको छ ।

नेपालभ्युज

इजरायल र हमासबीच भिडन्त जारी, अहिलेसम्म ६ सयभन्दा धेरैको मृत्यु, ४ हजार घाइते

काठमाडौं । इजरायल र हमास समूहबीच चलिरहेको पछिल्लो भिडन्तमा ६ सयभन्दा बढीको मृत्यु भएको छ । इजरायली स्वास्थ्य मन्त्रालयले आफ्नोतर्फ कम्तिमा ३०० जना मारिएको जानकारी दिएको छ ।

उसका अनुसार कैयौंलाई अपहरण गरिएको छ । इजरायलतर्फ २ हजारभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । तीमध्ये १९ जनाको अवस्था नाजुक रहेको बताइएको छ ।

अपहरणमा परेकाको संख्या यकिन हुन नसकेको इजरायली सरकारले जनाएको छ । तर, त्यसमा दर्जनौं सैनिक र सर्वसाधारण रहेको उसले पुष्टि गरेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रमा अहिलेसम्म ३१३ जना मारिएको जनाएको छ ।  करिब २००० प्यालेस्टिनी घाइते भएका छन् । गाजा क्षेत्रमा इजरायलले भीषण हमला जारी राखेको छ ।

यता हमासका लडाकुले पनि इजरायलमा हजारौं रकेटबाट आक्रमण गरिरहेका छन् । इजरायलमा घुसेका हमासका लडाकुसँग कम्तिमा ८ स्थानमा भिडन्त जारी रहेको इजरायली सेनाले जनाएको छ । स्थिति नियन्त्रणमा आइनसकेको भन्दै सेनाले हमासका दर्जनौं लडाकुलाई मारेको पनि बताएको छ ।

इजरायलभरी संकटकाल घोषणा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved