एसियाली खेलको पदक तालिकामा चीनको रवाफ : स्वर्णमा दोहोरो शतक, नेपाल ३२ औँ स्थानमा

चीनको हान्जाउमा आइतबार सम्पूर्ण खेल सकिएका छन् । पदक तालिकामा आयोजक चीनले रवाफ जमाएको छ । ४५ राष्ट्र सहभागी प्रतियोगितामा ४१ राष्ट्रले पदक जितेका छन् ।

नेपालभ्युज

एसियाली खेलको पदक तालिकामा चीनको रवाफ : स्वर्णमा दोहोरो शतक, नेपाल ३२ औँ स्थानमा

काठमाडौं। १९ औं एसियाली खेलकुद सम्पन्न भएको छ। चीनको हान्जाउमा आइतबार सम्पूर्ण खेल सकिएका छन् । पदक तालिकामा आयोजक चीनले रवाफ जमाएको छ ।

४५ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल दुई पदकसहित ३२ औँ स्थानमा रहन सफल भयो । ४१ राष्ट्रले पदक जितेका छन् । यमन, भुटान, माल्दिभ्स र टिमोर लिस्टे पदकविहिन रहे।

नेपालले २९ खेलमा २५३ खेलाडीसहित सहभागिता जनाएको थियो । टिम स्पर्धामा नेपाल फाइनल पुग्न असफल रह्यो। व्यक्तिगत रुपमा भने करातेकी एरिका गुरुङले स्वर्ण पदकका लागि भिडन्त गरिन । बढि आश गरिएको तेक्वान्दोबाट पदकविहीन भयो । नेपालले १ रजत र १ कास्य पदक जित्न सफलता पायो ।

नेपालको लागि करातेमा एरिकाले रजत र महिला कबड्डी टोलीले कांस्य जिते । व्यक्तिगत रुपमा रजत जित्ने एरिका नेपालकै दोस्रो खेलाडी बनेकी छन् । कबड्डी टोलीले बङ्गलादेशलाई पराजित गर्दै पदक सुनिश्चित गरेको थियो।

स्वर्ण पदकमा चीनले दोहोरो शतक लगायो । उ ३८३ पदकसहित सर्वोच्च स्थानमा रह्यो । चीनले २०१ स्वर्ण, १११ रजत र ७१ कांस्य पदक हात पार्यो । चीनकी पौडी खेलाडी युफेई झाङले सार्वधिक ६ स्वर्ण जितिन्। चीनका हाइयाङ क्विनले ५ स्वर्ण र १ रजतसहित सर्वोत्कृष्ट खेलाडी घोषित भए।

५२ स्वर्णसहित १८८ पदक जितेर जापान दोस्रो स्थानमा रह्यो। यस्तै ४२ स्वर्णसहित १९० पदक जितेको कोरिया तेस्रो भयो भने २८ स्वर्ण, ३८ रजत र ४१ कांस्य गरी भारतले कुल १०७ पदक जित्दैँ चौथो स्थान सुरक्षित गर्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved