हमासको रकेट हमलामा परी मर्नेको सङ्ख्या ४ पुग्यो

नेपालभ्युज

हमासको रकेट हमलामा परी मर्नेको सङ्ख्या ४ पुग्यो

एजेन्सी । हमासले गाजा क्षेत्रमा इजरालतर्फ गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या ४ पुगेको छ ।

टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरू इजरायलमा घुसपैठ गरी आक्रमण गरेका छन् ।

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ । समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved