काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कसैलाई जिम्मेवारी दिने भन्दा पनि आफैंले निर्माण गर्नुपर्ने बताएका छन् ।
पछिल्लो समय पार्टीभित्र जिम्मेवारी नपाए नेतृत्व र सहयोद्धालाई सामाजिक सञ्जालमार्फत् गाली गर्ने प्रचलन बढेको भन्दै उनले यस्तो बताएका हुन् ।
शुक्रबार उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न पनि निर्देशन दिए ।
‘अहिलेसम्म लडे भिडे भन्ने सन्देश गइरहेको छ । यस अधिवेशनले सर्वसहमति गरेर डेमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऔं’, उनले भने, ‘मिडियाले पनि स्वच्छ प्रतिस्पर्धा गर्नुस् भन्ने नसुनेर सहमति कायम गर्नुस् भनेको थियो मानेन् भन्ने मात्रै प्रचार गरे । कसैलाई न निर्देश गरिएको छ न आदेश गरिएको छ ।’
एमालेको उपत्यका विशेष कमिटीलाई एउटा प्रदेशसरह मान्यता दिइएको छ ।
Facebook Comment
Comment