‘गर्लफ्रेन्ड’को विषयमा ‘ग्याङफाइट’ गर्न हिँडेका १५ युवा हतियारसहित पक्राउ

नेपालभ्युज

‘गर्लफ्रेन्ड’को विषयमा ‘ग्याङफाइट’ गर्न हिँडेका १५ युवा हतियारसहित पक्राउ

विराटनगर। ‘गर्लफ्रेन्ड’को विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई पक्राउ गरेको हो । तीमध्ये ९ जना १८ वर्ष मुनिका छन्। एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए। उनको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो।

एउटा समूहले घरेलु हतियारसहितको टोली सुनसरीको बर्जुबाट बोलाएको थियो। अर्को समूह पनि विराटनगरमा थियो। पक्राउ परेको टोली एउटा समूह मात्रै रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए।

अर्को समूहको खोजी भइरहेको छ। प्रहरीको एक समूह पक्राउ गरेपछि सम्भावित दोहोरो झडप र क्षति हुन पाएन। ‘गर्लफ्रेन्ड’कै विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved