इरानकी ‘फ्रिडम फाइटर’ नर्गिसलाई यसपटकको नोबेल शान्ति पुरस्कार

नेपालभ्युज

इरानकी ‘फ्रिडम फाइटर’ नर्गिसलाई यसपटकको नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहम्मदीले पाएकी छन् । उनी इरानको जेलमा छिन् ।

५१ वर्षीया नर्गिसले इरानमा महिलामाथि हुने दमनविरुद्ध संघर्ष गर्नुका साथै मानअधिकार र स्वतन्त्रताका लागि लडेकोमा यो पुरस्कार दिने निर्णय गरिएको हो ।

नोबेल पुरस्कार समितिले उनलाई ‘फ्रिडम फाइटर’को संज्ञा दिँदै छिट्टै जेलमुक्त हुने विश्वास समेत व्यक्त गरेको छ ।

समितिका प्रमुख बेरिट रिस–एन्डरसनले उनी रिहा भएमा आगामी १० डिसेम्बरमा हुने पुरस्कार वितरण समारोहमा उपस्थित हुने विश्वास व्यक्त गरे ।

मानवअधिकारका लागि लडिरहेकी नर्गिसलाई इरानी सरकारले ३१ वर्षको जेल सजाय तोकेर थुनेको छ । उनलाई पटक पटक मुद्दा चलाएर पाँच पटकसम्म दोषी ठहर गरिएको थियो । नर्गिसलाई १५४ पटक कोर्रा हान्ने सजाय समेत दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved