पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

नेपालभ्युज

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा
तस्वीर स्रोतः अफगानिस्तान क्रिकेट बोर्ड /फेसबुक

काठमाडौं। १९ औं एसियाली खेलकुदको क्रिकेटमा पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा पुगेको छ।

शुक्रबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानले छिमेकी पाकिस्तानलाई ४ विकेटले पराजित गरेको हो।

११६ रनको लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो। अफगानिस्तानका लागि नूर अलि जद्रानले ३९ र कप्तान गुल्बदिन नैबले अविजित २६ रन बनाए। पाकिस्तानका अराफत मिन्हास र उस्मान कादिरले २–२ विकेट लिए।

पहिले ब्याटिङ गरेको पाकिस्तान १८ ओभरमा ११५ रन बनाएर अलआउट भयो। ओमेर युसुफले २४ र आमेर जमालले १४ रन बनाए। अफगानिस्तानका लागि फरिद अहमदले ३ विकेट लिए। यससँगै शनिबार हुने फाइनलमा भारत र अफगानिस्तान आमने सामने हुनेछन्। भारतले बंगलादेशलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved