कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँको खसीबोका र च्याङ्ग्रा निर्यात

नेपालभ्युज

कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँको खसीबोका र च्याङ्ग्रा निर्यात

काठमाडौं। कर्णाली प्रदेशबाट वार्षिक एक करोड ४० लाख रुपैयाँको खसीबोका र च्याङ्ग्रा निर्यात हुँदै आएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारअन्तर्गत पशुपन्क्षी निर्देशनालयको तथ्यांक अनुसार वार्षिक एक करोड ४० लाख रुपैयाँभन्दा बढीको खसीबोका निर्यात हुने गरेको हो। कर्णालीबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको कर्णाली प्रदेश पशुपन्क्षी निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

कर्णाली मासुमा आत्मनिर्भर छ। पछिल्लो समय उत्पादन पनि बढेको छ । यहाँबाट दैनिक ११ लाख ७० हजारको खसी बोका निर्यात भइरहेको छ। चाडपर्वमा अझै धेरैको खसीबोका र च्याङ्ग्रा निर्यात हुन्छ। यो हिसाबले वार्षिक एक करोड ४० लाख ४० हजार बराबारको निर्यात भइरहेको छ।

प्रदेशका १० जिल्लामध्ये सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिममा खसी बोका र माथिल्लो कर्णालीका पाँच जिल्लामा भेडा च्याङ्ग्राको उत्पादन धेरै हुने गरेको प्रमुख पंगेनीले जानकारी दिए।

अहिले कर्णाली प्रदेश सरकारले दूधमा अनुदान दिइरहेको छ। यसले गर्दा दूध उत्पादन पनि बढेको छ । अहिले पाँच जिल्ला सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम पश्चिम दूधमा आत्मनिर्भर छन्, यी जिल्लाबाट दैनिक तीन ट्यांकर दूध बाँके, बुटवलसम्म पुग्ने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved