भारतको महाराष्ट्रमा भीषण आगलागी, ७ जनाको मृत्यु, दर्जनौँ फसेको शंका

नेपालभ्युज

भारतको महाराष्ट्रमा भीषण आगलागी, ७ जनाको मृत्यु, दर्जनौँ फसेको शंका
फाइल तस्वीर

एजेन्सी। भारत महाराष्ट्रको गोरागनमा रहेको एक सामुदायिक भवनमा भीषण आगलागी भएको छ । यस दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ । शुक्रबार बिहान करिब ३ बजे आगलागी भएको हो । प्रहरीका अनुसार पश्चिम गोरेगाउँको अफ एमजी रोडमा रहेको जय सन्देश अपार्टमेन्टमा आगलागी भएको हो ।

दमकलले अझै पनि यहाँ फसेका मानिसहरुको उद्धार कार्य जारी राखेको छ ।

पछिल्लो जानकारी अनुसार यस आगलागीमा ४६ जना गम्भीर घाइते भएका छन् जसमध्ये सात जनाको ज्यान गएको छ । आगलागीको जानकारी पाएलगत्तै प्रहरी र दमकलको गाडी घटनास्थलमा पुगेको थियो ।

भुइँ तल्लाका पसल, स्क्र्याप सामग्री, पार्किङ गरिएका सवारीसाधनमा आगलागी हुँदा विभिन्न तल्लामा मानिसहरु फसेका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved