क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनलमा

नेपालभ्युज

क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनलमा

काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपालका गणेश गुरुङ सेमिफाइनलको लागि छनोट भएका छन्।

चीनको हान्जाउमा भएको क्यानोइङमा नेपालका गणेश शुक्रबार हुने सेमिफाइनल चरणका लागि छनोट भएका हुन्। दुई चरणको हिट्समा सहभागी भएका गणेश सेमिफाइनल चरणमा पुगेका हुन् । क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छन् ।

गणेश पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकोमा १४ औं भए । पहिलो हिट्सबाट ८ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए । दोस्रो हिट्समा नेपालका गणेशसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी सातौं भए पनि छनोट हुन सफल भए । दोस्रो हिट्समा खेलेका सबै खेलाडी सेमिफाइनल चरणमा छनोट भए ।

सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् । बाँकी ६ खेलाडी बाहिरिने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved