काठमाडौं। जारी १९औं एसियाली खेलकुदको एथ्लेटिक्समा नेपालको यात्रा समाप्त भएको छ।
बिहीबार एथलेटिक्समा म्याराथनको समापनसँगै एथलेटिक्समा नेपालको चुनौती समाप्त भएको हो। नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्पा भण्डारी दौडेका थिए ।
पुरुषमा राजन समग्रमा १४औं स्थानमा रहे । उनले निर्धारित दूरी पूरा गर्न २ घण्टा २३ मिनेट १७ सेकेन्ड समय खर्चे । १८ खेलाडी सहभागी भएकोमा साउदी अरेबिया र किर्गिजस्तानका खेलाडीले दौड पूरा गरेनन् । चीनका जी हेले २ घण्टा १३ मिनेट ०२ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते ।
महिलामा पुष्पाले निर्धारित दूरी ३ घण्टा ०२ मिनेट ३७ सेकेन्डमा सकाइन् । १७ खेलाडी सहभागी दौडमा पुष्पाले १६ औं स्थानमा दौड टुंगाइन् । बहराइनकी जिसा मोकानिन् डेसीले दौड पूरा गर्न सकिनन् । बहराइनकै पाउल छुम्बा युनिस छेबिचीले पहिलो स्थान हात पार्ने क्रममा २ घण्टा २६ मिनेट १४ सेकेन्डको समय निकालिन् ।
Facebook Comment
Comment