नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने सर्वपक्षीय निर्णय, सद्भाव बिथोल्नेलाई कारबाही गरिने

नेपालगञ्जमा लगाइएको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै हटाइने भएको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले कर्फ्यु क्रमशः खुकुलो बनाउँदै हटाउने निर्णय गरेको हो ।

नेपालभ्युज

नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने सर्वपक्षीय निर्णय, सद्भाव बिथोल्नेलाई कारबाही गरिने

काठमाडौं । नेपालगञ्जमा लगाइएको कर्फ्यु क्रमशः खुकुलो बनाउँदै हटाइने भएको छ । बुधबार बसेको सर्वपक्षीय बैठकले कर्फ्यु क्रमशः खुकुलो बनाउँदै हटाउने निर्णय गरेको हो ।

बैठकले सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई कडा कारबाही गर्ने पनि निर्णय गरेको छ । सामाजिक सन्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने बैठकको निर्णयमा उल्लेख छ ।

नेपालगञ्जमा चार दिनदेखि साम्प्रदायिक तनाव बढेको छ । तनाव बढेपछि यहाँ स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved