एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपालको पराजय

नेपालभ्युज

एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपालको पराजय

काठमाडौं। १९ औं एसियाली खेलकुदको ब्याडमिन्टनमा नेपाल पराजित भएको छ।

बुधबार भएको प्रिक्वाटरफाइनलको महिला खेलमा नेपालकी रसिला महर्जन चीनकी बिङ जियाओ हीसँग २–० ले पराजित भएका हुन्। रसिला २१–१० र २१–४ ले पराजित भएकी थिइन्।

मिक्सड् डबल्समा नेपालको विष्णु कटुवाल र नाङसाल तामाङको जोडी चीनको सीवी जेहेङ र याक्विओङग हुवाङसँग २–० पराजित भएका हुन्। नेपाली जोडी २१–४ र २१–७ ले पराजित भयो।

पुरुष डबल्समा जीवन आचार्य र विष्णु कटुवालको जोडी सिङ्गापुरको जु जी र प्राजोगो जोहानको टोलीसँग २–० ले पराजित भयो। नेपाली जोडी २१–११ र २१–४ ले हार्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved