चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका सोरुमको उद्घाटन

नेपालभ्युज

चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका सोरुमको उद्घाटन

काठमाडौं। चैनपुर र झापामा गल्फ लुब्रिकेन्टका सोरुमको उद्घाटन भएको छ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयलले उच्च पूर्वी पहाडी भेग चैनपुर, संखुवासभामा र पूर्वी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय सोरुमहरूको उद्घाटन गरेको छ ।

नेपाल ल्युब आयलले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता सहारा कृषि अनुसन्धान तथा विकास कम्पनीको नया सोरुम उद्घाटन गरेको छ । ग्राहकलाई उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्री हुने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने आफ्नो लक्ष्यको अनुरूप यो नया सोरुमहरू सञ्चालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै विकट र निकट स्थानहरूमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

लक्की सप्लायर्स सोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक श्री करण चौधरीज्युले कार्यक्रमका अध्यक्ष निग्मा डोरेले शेर्माको उपस्थितिमा गरेका हु्न् भने साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनीको सोरुम करण चौधरीले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकको उपस्थितिमा गरेका हुन् ।

समारोहमा करण चौधरील भने,’गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाई उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठूलो भूमिका निर्वाह गर्दछ । यही उद्देश्यअनुरूप हामीले दुई नयाँ उच्चस्तरीय सोरुमहरू सञ्चालनमा ल्याएका हौँ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु सोरुमहरू पनि सञ्चालनमा ल्याउने छौं ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डस्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved