एमाले अध्यक्ष चुन्न गण्डकीमा चुनावी तयारी, यस्तो छ बदलिएको समीकरण

अन्तिममा अधिकारी र शर्माबीच चुनाव हुने सम्भावना

खगराज समूहले अध्यक्षमा मायानाथलाई अघि सार्ने निश्चितजस्तै छ । अधिकारीको समूहबाट सचिवमा उठ्न रश्मी आचार्यले गुट फेर्ने सम्भावना बढेको छ ।

नेपालभ्युज

एमाले अध्यक्ष चुन्न गण्डकीमा चुनावी तयारी, यस्तो छ बदलिएको समीकरण

काठमाडौं । सोमबारदेखि सुरु भएको नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनोटका लागि मंगलबार अपराह्न चार बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । नेताहरुले सहमतिमै नेतृत्व चुन्ने रटान दिए पनि यहाँ चुनाव हुने निश्चित छ ।

नेकपा एमालेको राम्रो प्रभाव रहेको गण्डकी प्रदेशको नेतृत्वका लागि थुप्रै नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको प्रदेश भएका कारण पनि यहाँको नेतृत्वबारे धेरैको चासो छ ।

यहाँ अध्यक्षका लागि बाग्लुङका जिल्ला अध्यक्ष एवम् अहिलेका प्रदेश सचिवालय सदस्य हिराबहादुर केसीदेखि चारजना केन्द्रीय सदस्यसम्मले आकांक्षा व्यक्त गरेका छन् ।

लमजुङबाट प्रतिनिधि चुनिएर आएका केन्द्रीय सदस्य मायानाथ अधिकारी, गोरखाबाट आएका रामशरण बस्नेत, कास्कीबाट आएका कृष्ण थापा र राजीव पहारीले पनि गण्डकीको अध्यक्ष हुने रहर गरेका छन् ।

त्यस्तै हालका अध्यक्ष म्याग्दीका नवराज पौडेल पनि फेरि अध्यक्ष हुने दाउमा छन् । उपाध्यक्ष मोहन रेग्मी, सचिव धनञ्जय दवाडी र उपसचिव रश्मी आचार्य पनि मौका पाए अध्यक्ष बन्ने लाइनमा छन् ।

अन्तिममा अधिकारी र शर्माबीच चुनाव हुने सम्भावना

गण्डकीमा पार्टी महासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहबीच प्रतिस्पर्धा हुँदैछ । गुरुङ र अधिकारीबीच यसअघिका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा टसल भएको सत्य छताछुल्ल छ । त्यसैले अहिले पनि उनीहरु प्रदेशमा आफ्नो पक्षका नेताहरु ल्याउन चाहिरहेका छन् ।

अहिले गण्डकीमा नेतृत्वको दाबी गरिरहेका शर्मा, रेग्मी, दवाडी, केसी गुरुङ समूहका हुन् । आचार्य, अधिकारी, पहरी र थापा भने अधिकारी पक्षका हुन् । बस्नेतको भने अझै गुट खुलेको छैन ।

अन्तिममा यहाँ अध्यक्षका लागि मायानाथ अधिकारी र नवराज शर्माबीच नै चुनाव हुने सम्भावना प्रबल छ ।

गुरुङ समूहबाट अधिकारी अध्यक्ष हुँदा सचिवमा धनन्जय दवाडीलाई उम्मेदवार बनाउने तयारी छ ।

खगराज समूहले अध्यक्षमा मायानाथलाई अघि सार्ने निश्चितजस्तै छ । अधिकारीको समूहबाट सचिवमा उठ्न रश्मी आचार्यले गुट फेर्ने सम्भावना बढेको छ ।

केन्द्रीय नेताहरुबीच नै हानाथाप हुँदा गुरुङ पक्षबाट उम्मेदवार बन्नेमा निकै आशावादी छन्, बाग्लुङका जिल्ला अध्यक्ष केसी । उनले गुरुङबाट आफूले ‘ग्रिन सिग्नल’ पाएको दाबी पनि गरेका छन् ।

यहाँ ११ जिल्लाबाट ९०७ प्रतिनिधि चुनिएर आएका छन् । अधिवेशनबाट ५ पदाधिकारीसहित १ सय ६५ सदस्य चुनिनेछन् ।

गोकर्णदेखि पद्मासम्मको आ–आफ्नै इन्ट्रेस्ट

यहाँ पार्टी सचिव पद्मा अर्यालदेखि गण्डकी इन्चार्ज गोकर्ण विष्टसम्मका इन्ट्रेस्टले प्रभाव पार्छ । त्यस्तै किरण गुरुङ पनि यहाँका प्रभावशाली नेता हुन् ।

यहाँ किरण गुरुङले अधिकारी समूहका उम्मेदवार र पद्मा–गोकर्णले गुरुङ पक्षका उम्मेदवारलाई साथ दिने सम्भावना छ । यद्यपि, यहाँको समूह परिपक्व भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved