एसियाली खेलकुद

भारतले नेपाललाई २३ रनले हरायो, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन

नेपालभ्युज

भारतले नेपाललाई २३ रनले हरायो, दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन

काठमाडौं। १९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको छ ।

चीनको हान्झाउमा भारतले दिएको २ सय तीन रनको लक्ष्य पछ्याएको नेपालले  २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ३२ रन बनाए । यस्तै, सन्दीप जोराले १२ बलमा २९ तथा कुशल भुर्तेलले ३२ बलमा २८ रन बनाए भने कुशल मल्लले २२ बलमा २९ रन बनाए । करण केसी १८ रनमा नटआउट रहे ।

बलिङतर्फ भारतका रवी विश्नोइ र आभेस खानले ३/३ तथा अश्रदीप सिंहले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर दुई सय २ रन बनायो ।

भारतका यशश्वी जयशवालले शतक प्रहार गरे । उनी एक सय रनमा आउट भए । यस्तै, रिंकु सिंहले १५ बलमा ३७ र शिवम् दुवेले १९ बलमा २५ रन बनाए । ऋतुराज गाइक्वाडले २५ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह एरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए ।

भारतलाई पराजित भएसँगै नेपाल एसियाली खेलकुदको क्रिकेटमा क्वार्टरफाइनलबाटै बाहिरिएको छ । भारत सेमिफाइलनमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved