भारतले नेपाललाई दियो २ सय तीन रनको लक्ष्य, जैसवालको शतक

१९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई दुई रनको लक्ष्य दिएको छ । चीनको हान्झाउमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट दुई सय २ गुमाएर रन बनायो ।

नेपालभ्युज

भारतले नेपाललाई दियो २ सय तीन रनको लक्ष्य, जैसवालको शतक

काठमाडौं। १९औँ एसियाली खेलकुद अन्तरगत क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २ सय तीन रनको लक्ष्य दिएको छ ।

चीनको हान्झाउमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर दुई सय २ रन बनायो ।

भारतका यशश्वी जयशवालले शतक प्रहार गरे । उनी एक सय रनमा आउट भए । यस्तै, रिंकु सिंहले १५ बलमा ३७ र शिवम् दुवेले १९ बलमा २५ रन बनाए । ऋतुराज गाइक्वाडले २५ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह एरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट लिए ।

चीनको हान्जाउमा सोमबार भएको लक्की ड्रमार्फत नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो।

भारतलाई पराजित गर्न सके नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। नेपालले माल्दिभ्स र मंगोलियालाई ठूलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

अन्तर्राष्ट्रिय टी–२० मा पहिलोपटक नेपाल र भारत आमने-सामने हुँदैछन्। विश्वकपको कारण भारतले आफ्नो दोस्रो रोजाइको टोली पठाएको छ।

तर भारतले दोस्रो रोजाईको भनेर पठाएको टोली स्टार खेलाडीले भरिएको छ । भारतीय टिममा रहेका सबै खेलाडीले इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका छन् भने धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved