महिला भारोत्तोलनमा चुनौती समाप्त

नेपालभ्युज

महिला भारोत्तोलनमा चुनौती समाप्त

काठमाडौं। १९औं एसियाली खेलकुदको भारोत्तोलनमा समूह ‘बी’ को महिला ६४ केजीमा नेपालकी सारदा चौधरीले स्न्याचमा ७० तथा क्लिन एन्ड जर्कमा ८८ केजी गरी जम्मा १५८ केजी भार वहन गरेकी छिन् ।

शारदा आफ्नो समूहमा शारदा पाँचौं स्थानमा रहिन् । स्न्याचमा सारदाले पहिलो लिफ्टमा ७० केजी र तेश्रो लिफ्टमा ७४ केजी उचाल्ने प्रयास गरे पनि सफल भइनन् । शारदाले क्लिन एन्ड जर्कमा उठाएको ८८ केजी पहिलो लिफ्टमा हो ।

शारदाले क्लिन एन्ड जर्ककै दोश्रो र तेश्रो लिफ्टमा समान ९४–९४ केजी भार वहन गर्ने प्रयास सफल भइनन् । यसैसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रामा पूर्णविराम लागेको छ ।

यसअघि, टीकामाया गुरुङले प्रतिस्पर्धा गरेकी थिइन् । अब पुरुष खेलाडी विशालसिंह विष्ट, विकाश भट्ट र सागर भण्डारीले चुनौती प्रस्तुत गर्न बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved