अर्थ समिति सभापतिको गुनासो- सरकारले निर्देशन पालना गरेन, बैठक बस्नुको अर्थै छैन

नेपालभ्युज

अर्थ समिति सभापतिको गुनासो- सरकारले निर्देशन पालना गरेन, बैठक बस्नुको अर्थै छैन

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताएका हुन् ।

उनले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने पनि बताए ।

भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको भन्दै उनले दुखेसो पोखे ।

उनले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको पनि बताए ।

उनले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved