जसपाको कर्णाली प्रदेश समिति पुनर्गठन

नेपालभ्युज

जसपाको कर्णाली प्रदेश समिति पुनर्गठन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कर्णाली प्रदेश समिति पुनर्गठन भएको छ । जसपाले सुर्खेतमा आयोजित प्रदेशस्तरीय भेलाबाट देवीकृष्ण न्यौपानेको अध्यक्षतामा २७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा रगबीर मिजार, कर्णबहादुर थापा, लाले कुमाल मुख्यसचिव गगनबहादुर सारु रहेका छन् । समितिको सचिवमा सन्तोषी विश्वकर्मा, माधवप्रसाद उपाध्याय र कृपाराम बस्नेत र कोषाध्यक्षमा रत्ना विक चयन भएको जसपाले जनाएको छ ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् कर्णाली प्रदेश  इन्चार्ज प्रकाश अधिकारीले पार्टीलाई चुस्त दुरुस्त बनाउन र राम्रोसँग सञ्चालन गर्न समिति जति सानो हुन्छ त्यति नै राम्रो हुने बताए ।

सो भेलाले नयाँ विधानअनुसार सुर्खेत जिल्ला समन्वय समिति रुपान्तरण गरेको छ । समितिमा जीतबहादुर नेपाली अध्यक्ष, उपाध्यक्षमा गंगा देवकोटा, सचिव भक्तबहादुर थापा, उपसचिवमा गंगे कामी र गाइने कामी र कोषाध्यक्षमा अमृता विक रहेको जसपाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved