सहायक रेफ्री विक्रम चौधरीको निधनमा फिफा अध्यक्ष इन्फान्टिनोको समवेदना

नेपालभ्युज

सहायक रेफ्री विक्रम चौधरीको निधनमा फिफा अध्यक्ष इन्फान्टिनोको समवेदना

काठमाडौं। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फिफा सहायक रेफ्री विक्रम चौधरीको निधनप्रति संवेदना प्रकट गरेका छन्।

सन् २०२१ देखि फुटबल क्षेत्रमा उनले गरेको योगदानलाई सधैँ स्मरण गरिने अध्यक्ष इन्फान्टिनोले पत्रमा उल्लेख गरेका छन्। उनले सम्पूर्ण अन्तर्राष्ट्रिय फुटबल जगतको तर्फबाट विक्रमको परिवार, साथी र निकस्थ व्यक्तिहरूलगायत एन्फा परिवारप्रति सहानुभूति जनाएका छन्।

नेपाल आर्मीमा आबद्ध सहायक रेफ्री विक्रमको अभ्यासको क्रममा नै निधन भएको थियो। भदौ १ गते (अगस्ट १८)  ३८ वर्षीय विक्रम नेपाल आर्मीको भद्रकालीस्थित मैदानमा अभ्यासको क्रममा लडेका थिए।

प्राथमिक उपचारपश्चात् उनलाई अस्पताल लगिएको थियो। यद्यपि, छाउनीस्थित सेना अस्पतालमा पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved