माछापुच्छ्रे बैंकको बैंकिङ् सेवा दुई घण्टा अवरुद्ध हुने 

नेपालभ्युज

माछापुच्छ्रे बैंकको बैंकिङ् सेवा दुई घण्टा अवरुद्ध हुने 

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको बैंकिङ् सेवा राती दुई घण्टाको लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बुधबार राती १० बजेदेखि १२ बजेसम्म बैंकिङ् सेवा अवरुद्ध रहने जानकारी गराएको हो ।

सूचनाका अनुसार बैंकको स्विच सेवा प्रदायक कम्पनी ‘एनइपीएस’ को नेटवर्क स्विचमा डाटाको मर्मत गर्नुपर्ने भएकाले दुई घण्टाको लागि सेवा अवरुद्ध हुनेछ । यसबाट बुधबार राती दुई घण्टाका लागि बैंकको एटिएम र एओएसबाट हुने कारोबार अवरुद्ध हुनेछ ।

यद्यपि, मोबाइल बैकिङ् र इन्टरनेट बैंकिङ्ममा भने समस्या नदेखिने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved