एजेन्सी। भारतको सरकारी स्रोतले खलिस्तानी नेता हरदीप निज्जरको हत्या पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईले गरेको दाबी गरेको छ ।
स्रोतका अनुसार लागुऔषध कारोबार नियन्त्रणका कारण निज्जरको हत्या भएको हो । निज्जरको हत्यामा क्यानडाका दुई आइएसआई एजेन्ट राहत राव र तारिक कियानी संलग्न रहेका स्रोतलाई उधृत गर्दै भारतीय समाचार अमर उजालाले जनाएको छ। उनीहरु दुवै भारतको मोस्ट वान्टेड सूचीमा परेका छन् ।
श्रोतका अनुसार अपरिचित व्यक्ति निज्जरको नजिक पुग्न असम्भव भएपनि दुबै ह्यान्डलरले उनलाई भेट्ने गर्थे । यही कारणले निज्जरको नजिक पनि जान नसक्ने ठाउँमा हत्या भएको थियो । उनले आईएसआईको सहयोगमा मात्र खालिस्तानी एजेन्डा चलाउने गर्दथे।
समाचार अनुसार आईएसआईको सहयोगमा खालिस्तानी आतंकवादी र गुण्डाहरूले पञ्जाबमा लागूऔषध तस्करी गिरोह चलाइरहेका छन्।
आतंकवादी र आईएसआईले पनि कमाईको हिस्सा पाउँछन्। यस नेटवर्कमा आईएसआईको पकड कम भएपछि आतंकवादीहरूले आफ्नो इच्छा अनुसार पैसा प्रयोग गर्न थाले, जसका कारण निज्जरलाई बाटोबाटै हटाउनुपर्ने भयो।
भारत विरुद्ध प्रमाण: जगमीत सिंह
खालिस्तान समर्थक पार्टी (एनडीपी) नेता जगमीत सिंहले क्यानडासँग निज्जर हत्या प्रकरणमा भारतविरुद्ध बलियो प्रमाण रहेको बताए।
पीएम ट्रुडोको अल्पसंख्यक सरकारलाई समर्थन गर्ने जगमीतले भने कि उनको पार्टीले यस घटनाका दोषीहरूलाई छिट्टै सजाय दिन सरकारलाई दबाब दिनेछ। गुप्तचर सूचना आएदेखि उनीहरूले यस विषयमा सरकारको अडानलाई समर्थन गर्दै आएका छन्।
Facebook Comment
Comment