नेपालको सार्वजनिक ऋण २३ खर्बभन्दा बढी, दुई महिनामै थपियो ४९ अर्ब २३ करोड  

नेपालभ्युज

नेपालको सार्वजनिक ऋण २३ खर्बभन्दा बढी, दुई महिनामै थपियो ४९ अर्ब २३ करोड  
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४९ अर्ब २३ करोड ऋण थपेको छ । नयाँ आर्थिक वर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा ४९ अर्ब २३ करोड ऋण थपिएको हो । योसँगै नेपालको सार्वजनिक ऋण २३ खर्ब भन्दामाथि पुगेको छ ।
दुई महिनाको अवधिमा सरकारले आन्तरिक ऋणको साँवा ब्याजतर्फ ४१ अर्ब ६१ करोड २२ लाख रुपैयाँ भुक्तानी दिएको छ । जसमा साउन महिनामा २५ अर्ब ८४ करोड ६९ लाख  रुपैयाँ र भदौमा १५ अर्ब ७५ करोड ५३ लाख रुपैयाँ भुक्तानी दिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
सरकारले चालु आर्थिक वर्षको साउन र भदौमा आन्तरिक ऋणको साँवातर्फ कुल ३२ अर्ब ८३ करोड र ब्याजतर्फ ८ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै, आन्तरिक ऋणको ब्याजबापत साउनमा ३ अर्ब ७७ करोड र भदौमा ५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
साउन र भदौ महिनामा सरकारले उठाएको आन्तरिक ऋणको दायित्व ११ खर्ब २६ करोड रुपैयाँ रहेको छ। जसमा साउनमा १३ अर्ब ६ करोड रुपैयाँ उठेको छ भने भदौमा ३१ अर्ब ३० करोड उठेको छ ।
यस्तै, सरकारले ८ अर्ब १७ करोड रुपैयाँ बराबरको वैदेसिक ऋणको साँवा ब्याज भुक्तानी गरेको छ । जसमा साउनमा १ अर्ब ९० करोड र भदौमा ६ अर्ब २६ करोड रहेको छ ।
बाह्य ऋणतर्फ सरकारले साउनमा करिब २ अर्ब ७२ करोड र भदौमा २ अर्ब २५ करोड ४९ लाख गरी कुल ४ अर्ब ९७ करोड रुपैयाँ बराबर शोधभर्ना लिएको छ । साउन र भदौमा ४९ अर्ब २३ करोड ऋण थपिएसँगै नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ प्रतिव्यक्तिका टाउकोमा ७९ हजार २०१ रुपैयाँ पर्न जान्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved