मंगोलियामाथि नेपालको २ सय ७३ रनको कीर्तिमानी जित

१९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको छ । नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रन बनाउँदा अलआउट भयो ।

नेपालभ्युज

मंगोलियामाथि नेपालको २ सय ७३ रनको कीर्तिमानी जित

काठमाडौं। १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले मंगोलियालाई २ सय ७३ रनले हराएको छ ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा नेपालले दिएको ३ सय १५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रन बनाउँदा अलआउट भयो । नेपालको यो किर्तिमानी जित हो ।

नेपालका करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले दुई/दुई तथा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र सोमपाल कामीले एक/एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनाएको थियो ।  नेपालले टि-२० मा ३ सय रन कटाएर विश्व कीर्तिमान बनायो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।

यस्तै, नेपालका दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक प्रहार गरेका छन् । यो सर्वाधिक छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान हो । उनी १० बलमा ५२ रनमा नटआउट रहे । उनले लगातार ६ बलमा ६ छक्का प्रहार गरे ।

यस्तै, नेपालका कुशल मल्लले  सबैभन्दा छिटो शतक हानेर विश्व रेकर्ड बनाएका छन् । कुशलले ३४ बलमै शतक प्रहार गरेका हुन  । यसअघि दक्षिण अफ्रिकाका डेविड मिलरले ३५ बलमा शतक हानेका थिए । यसअघि मल्लले १९ बलममै अर्धशतक बनाएर सबैभन्दा छिटो अर्धशतक बनाउने नेपाली खेलाडीको रेकर्ड बनाए । यस्तै उनले एकै ओभरमा २७ रन पनि बनाएका छन् । यस्तै रोहित पौडेलले पनि १९ बलमै ५० रन बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved