एसियाली खेलकुद

मंगोलियासँग नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

मंगोलियासँग नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । चीनमा चलिरहेको १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले अहिले मंगोलियासँग खेलिरहेको छ ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले ब्याटिङ थालेको हो ।

यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ । मंगोलियाले घरेलु लिग खेलेपनि अन्तर्राष्ट्रिय खेल भने पहिलोपटक खेल्न लागेको हो ।

मंगोलियालाई निकै कमजोर टिम मानिएकाले नेपालले कीर्तिमानी रन बनाउने र विभिन्न रेकर्ड बनाउने अपेक्षा गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved