काठमाडौं। १९ औं एसियाली खेलकुदमा नेपाल पुरुष/महिला दुवै टोली स्पर्धामा पराजित भएको छ । हान्जाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा मंगलबार भएको स्पर्धामा पुरुष/महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भएको हो।
पुरुषतर्फ समूह ए मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो । टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए । अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए ।
यस्तै महिलातर्फ समूह बी मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा पराजित भयो । महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए । मकाउ विरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए ।
Facebook Comment
Comment