एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त

नेपालभ्युज

एसियाली खेलकुद : जुडोमा नेपालको यात्रा समाप्त

काठमाडौं। १९ औं एसियाली खेलकुदको जुडोमा नेपालको यात्रा समाप्त भएको छ। चीनको हान्जाउमा मंगलबार २ खेलाडीको पराजयसँगै जुडोमा नेपालको यात्रा टुंगिएको हो ।

जियोसन लिन्पु जिम्न्याजियममाको पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए । उनलाई प्रिक्वाटरफाइनलमा काजाकिस्तानका क्रिकबे गालिमजानले १ मिनेट ७ सेकेन्डमा हराए ।

महिला ७८ केजीमाथि नेपालकी आकृति जोशी उज्वेकिस्तानकी रिनिता इल्माटोभासँग इप्पोनकै आधारमा हारिन् । प्रिक्वाटरफाइनलमा आकृति म्याटमा मात्र २७ सेकेन्ड टिकिन् । जुडोमा नेपालबाट समान ४–४ पुरुष/महिला गरी ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसअघि पुरुषमा विकास विक, जंगबहादुर सारु र इन्द्रबहादुर श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका थिए । महिलामा मनीता श्रेष्ठ प्रधान, देवकीमाया श्रेष्ठ र १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठको यात्रामा पूर्णविराम लागेको थियो ।

सहभागीमध्ये विकासले मात्र एक ‘बाउट’ जिते । उनले ६० केजीको राउन्ड अफ ३२ को खेलमा कम्बोडियाका भोलोडिमिर गुच्कोभलाई इप्पोन गोल्डेन स्कोरमा पाखा लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved