एजेन्सी। क्यानडा र भारतबीचको तनाव कम भएको छैन । दुवै देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका छन्।
यसैबीच दर्जनौं खालिस्तान समर्थकहरूले खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विरोधमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले खलिस्तानको झण्डा फहराउँदै, संगीत बजाए र नारा लगाएका छन्। सो क्रममा केही प्रदर्शनकारीले भारतीय वाणिज्य दूतावास बाहिर भारतीय झण्डाको अपमान गरेका थिए । यस्तै विरोध प्रदर्शन टोरन्टोमा भएको थियो।
यसैबीच, भ्यानकुभर पुलिस विभागले भारतीय वाणिज्य दूतावासमा सुरक्षा बढाएको छ र सावधानीका रूपमा नजिकका सडकहरू बन्द गरेको छ।
भारतीय वाणिज्य दूतावासको प्रवेशद्वारमा ब्यारिकेड जडान गरिएको छ । क्यानाडाली मिडिया रिपोर्टका अनुसार होवे स्ट्रिटमा रहेको भारतीय वाणिज्य दूतावासको प्रवेशलाई रोक्न ब्यारिकेडहरू खडा गरिएको छ।
समाचारका अनुसार विश्व सिख संगठनले उक्साहट र हस्तक्षेपको सम्भावनालाई लिएर चेतावनी जारी गरिसकेको छ । विश्व सिख संगठनका प्रमुख तेजिन्दर सिंह सिद्धुले एक विज्ञप्ति जारी गर्दै निज्जरका हत्यारा पत्ता लगाउन माग गरेका छन् ।
उनले हिंसा नभड्काउन पनि आग्रह गरेका छन् ।
Facebook Comment
Comment